श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा
पाेखरा | साउन १०, २०८१
पोखरा: एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ ।
श्रीकृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमीदेखि भदौ १० गते भाद्र कृष्ण अष्टमीसम्म श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो ।
श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक, पृथ्वीचोक, नागढुंगा, चरक हस्पिटल, इन्द्रपुरी टोल, जनप्रियमार्ग हुँदै पुन श्रीकृष्ण प्रणमी मन्दिरमा पुगी सम्पन्न भएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार आगामी श्रावण कृष्ण पञ्चमीदेखि भदौ १० गते भाद्र कृष्ण अष्टमीको दिनसम्म एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रामार्फत पोखराको विभिन्न ठाउहरुको परिक्रमा गरिएको हो । उक्त प्रवचन कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज ज्यूको मुखारविन्दबाट संगीतमय कथा प्रवचन हुनेछ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

